• २०८१ बैशाख २४ सोमबार

फिलिपिन्समा ज्वालामुखी बिष्फोट: आपतकालिन घोषणा, हजारौंलाई अन्यत्र सारियो

kharibot

मनिला । फिलिपिन्समा ज्वालामुखी बिष्फोटले आपतकालिन घोषणा गर्दै हजारौंलाई अन्यत्र सारिएको छ ।

फिलिपिन्सको उत्तरपूर्वी अल्बे प्रान्तमा रहेको मेयोन ज्वालामुखी क्रेटरबाट ६ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो । 

अधिकारीहरुका अनुसार आउने ज्वालामुखी बिष्फोट पछि हुने धुलोको मुस्लोले मानिसहरुलाई खतरा निम्त्याउन सक्ने भएकाले खतरा क्षेत्रबाट थप हजारौं मानिसलाई स्थायी रुपमा बाहिर निकाल्नु पर्ने हुन सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन् । टाइफून गुचोल क्षेत्रवाट धुलोको आँधी प्रशान्त महासागरबाट फिलिपिन्सतर्फ बढिरहेको उल्लेख गर्दै मेयोनको ढलान नजिक बस्नेहरूका लागि नराम्रो खबर हुन सक्ने भन्दै पुर्वसुचित गरिएको छ ।

ज्वालामुखीको परिधिमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेर शिविरमा पठाइएको थियो । गत शुक्रबार नै आपतकालिन अवस्था घोषणा गरेर उनीहरुलाई बाहिर निकालिएको हो । जसकाकारण, विनाशकारी विस्फोटको घटनामा आपतकालीन कोषको द्रुत वितरणलाई सहज बनाउन सकियोस भनेर सो कदम चालिएको थियो ।

सुरक्षा अधिकारीहरूले बिहीबार ज्वालामुखीको चेतावनी स्तर बढाएका छन् किनभने यसको सतह मुनि ग्यास, ढुङ्गा र मलबेको अत्यधिक तातो धारहरू रहेका छन, जसका गतिविधि आगामी दिन वा हप्ताहरूमा खतरनाक विस्फोटन हुन सक्ने भन्दै पुर्व सुचना जारी गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै