• २०८१ बैशाख १५ शनिबार

उरुग्वेले जित्यो यू-२० विश्वकप फुटबलको उपाधि

kharibot

काठमाडौँ । उरुग्वेले फिफा यू-२० विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनामा गएराती सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उरुग्वेको जितमा खेलको ८६औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

उरुग्वेले पहिलो पटक यू-२० विश्वकप जितेको हो । त्यस्तै पहिलो पटक यू-२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उपविजेतामा सिमित भएको छ ।

यू-२० विश्वकपको उपाधि धेरै पटक जित्ने देश भने अर्जेन्टिना हो । अर्जेन्टिनाले अहिलेसम्म ६ पटक यो उपाधि जितेको छ भने ब्राजिलले ५ पटक जितेको छ । त्यस्तै पोर्चुगल र सर्बियाले २-२ पटक यो उपाधि जितेका छन् ।

त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा भने इजरायलले दक्षिण कोरियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै