• २०८१ बैशाख १८ मंगलबार

जोकोभिचले जिते फ्रेन्च ओपनको उपाधि

kharibot

पेरिस । सर्वियन स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । योसँगै उनी पुरुषतर्फ सर्वाधिक २३ पटक ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बनेका छन् ।

फिलिप्पे चाट्रिएरमा भएको फाइनलमा उनले नोर्वेका कास्पर रुडलाई तीन सेटमा हराएका हुन् । 

जोकोभिचले ७-६, ६ - ३ र ७ - ५ को सेटमा विजयी बनेका हुन् ।

योसँगै जोकोभिच पुरुषतर्फ चार वटा ग्रान्डस्लाम फ्रेन्च ओपन, अस्ट्रेलियन ओपन, विम्बल्डन र यूएस ओपनको उपाधि कम्तिमा तीन पटक जित्ने पहिलो खेलाडी बनेका छन् ।

उनले यसअघि रोनाल्ड ग्यारोसमा सन् २०१६ र २०२१ मा उपाधि उचालेका थिए । योसँगै उनले विश्व टेनिसकी लेजेन्ड सेरेना विलियम्सको २३ पटक ग्रान्डस्लाम जित्ने कीर्तिमान बराबरी गरेका छन् । अब विश्व टेनिसमै सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने कीर्तिमान बनाउन मात्रै एक उपाधि टाँढा छन् । यो कीर्तिमान मार्गेरेट कोर्टको नाममा छ ।

फाइनलपछि उनका चिरप्रतिद्वन्द्वी स्पेनिस रफायल नाडालले कुनै समय असम्भव मानिएको कीर्तिमानी जितका लागि बधाई दिएका थिए । फ्रेन्च ओपनका बादशाह नाडाल १४ पटकका च्याम्पियन हुन् । तर यसपटक हिप इन्जुरीका कारण उनले नाम फिर्ता लिएका थिए । उनको अनुपस्थिति पक्का भएपछि जोकोभिच र स्पेनिस स्टार कार्लोस अल्काराजलाई उपाधिको दाबेदारका रुपमा हेरिएको थियो । जोकोभिचले विश्व नम्बर एक अल्काराजको चुनौती सेमिफाइनलमा पन्छाउँदै फाइनलमा पुगेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै