• २०८१ बैशाख २६ बुधबार

नेदरल्याण्डसलाई हराउदै क्रोसिया नेसन्स लिगको फाइनलमा

kharibot

काठमाडौँ । क्रोसिया युइएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । नेसन्स लिगको सेमिफाइनलमा नेदरल्याण्डसलाई ४-२ गोल अन्तरले पराजित गर्दै क्रोसिया फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै देशले २-२ गोल गरेपछि खेल अतिरिक्त ३० मिनेट खेलाइएको थियो । अतिरिक्त समयमा क्रोसियाले थप २ गोल गरेको थियो ।

क्रोसियाका लागि आन्द्रेज क्रमारिक, मारियो पासालिक, ब्रुनो पेटकोभिक र लुका मोड्रीचले एक एक गोल गरेका थिए । त्यस्तै नेदरल्याण्डसका लागि डोनयेल मालेन र नोआ लांगले एक एक गोल गरेका थिए ।

अब क्रोसियाले नेसन्स लिगको फाइनामा स्पेन र इटालीबीचको विजेतासँग खेल्ने छ । स्पेन र इटालीबीचको दोस्रो सेमिफाइनल खेल आजराती हुदै छ । युईएफए नेसन्स लिगको फाइनल खेल जुन १९ मा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै