• २०८१ बैशाख २५ मंगलबार

एम्बाप्पेलाई पिएसजीमा राख्न प्रयास गर्छु- राष्ट्रपति म्याक्रोन

kharibot

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले किलीयन एम्बाप्पेको विषयमा आफुले पहल गर्ने बताएका छन् ।

एम्बाप्पेले पिएसजीमा २०२४ पछि सम्झौता नवीकरण नगर्ने जानकारी गराएपछि उनले यसै सिजनमा क्लब छोड्न सक्ने अनुमान गरिएको छ ।

राष्ट्रपति म्याक्रोनले आफुले व्यक्तिगत रुपमा एम्बाप्पेलाई पिएसजीमै रहन मनाउने प्रयास गर्ने बताएका हुन् । 

एम्बाप्पेलाई पिएसजीले अहिलेको ट्रान्सफर विन्डोमा बिक्रि नगरेमा अर्को सिजनको अन्त्यपछि नि: शुल्क ट्रान्सफर हुने हुनाले यसै सिजनमा बेच्नु पर्ने दबाबमा रहेको छ ।

स्पेनिस क्लब रियल म्याड्रिडले एम्बाप्पेका लागि २०० मिलियन युरोसम्म दिनसक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

एम्बाप्पेको विषयमा राष्ट्रपतिलाई सोधिएको प्रश्नको जवाफमा उनले भनेका छन्- 'मसँग कुनै स्कुप त छैन तर मैले प्रयास अवश्य गर्ने छु ।'

यसअघि २०२२ मा एम्बाप्पेले पिएसजीमा सम्झौता नवीकरण गर्ने विषयमा पनि राष्ट्रपति म्याक्रोनको भूमिका रहेको विषय बाहिर आएको थियो । त्यति बेला एम्बाप्पे रियल म्याड्रिड जाने निश्चित रहेको बताइएको बेला अन्तिम समयमा उनले पिएसजीमा सम्झौता नवीकरण गरेका थिए ।

तर अहिले रियल म्याड्रिडबाट प्रमुख स्ट्राइकर करिम बेन्जमा अप्रत्याशित रुपमा बाहिरिए पछि एम्बाप्पेप्रति रियलले विगतको आफ्नो चासोलाई बढाएको बुझिएको छ । रियल म्याड्रिडले टोटनह्यामबाट खेलिरहेका इङल्याण्डका फरवार्ड ह्यारी केनलाई भित्र्याउने पहल गरिरहेको बेला एम्बाप्पेको विषय बाहिर आएपछि रियल म्याड्रिड फेरी एम्बाप्पेतर्फ मोडिएको छ ।

तर एम्बाप्पेले भने आफ्नो सम्झौता अनुसार २०२४ सम्म पिएसजीमै बस्ने बताउदै आएका छन् । तर पिएसजीले एम्बाप्पेलाई नि: शुल्क ट्रान्सफरमा जानबाट रोक्न राम्रो रकम लिएर अहिले नै बेच्नसक्ने रिपोर्ट आइरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै