• २०८१ बैशाख १७ सोमबार

ठुलो पारिश्रमिक घटाएर रियल म्याड्रिड जादै एम्बाप्पे

kharibot

काठमाडौँ । किलीयन एम्बाप्पे स्पेनिस महारथी रियल म्याड्रिड जाने निश्चित भएको छ । फ्रेन्च क्लब पिएसजीमा आगामी जुनसम्म सम्झौता रहेका एम्बाप्पेले क्लब छोड्ने यसअघि नै जानकारी गराइसकेका छन् ।

अब एम्बाप्पे रियल म्याड्रिड जाने निश्चित भएको बिभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार एम्बाप्पे जुलाई १ देखि रियल म्याड्रिडको खेलाडी हुने छन् । अहिले एम्बाप्पेले रियल म्याड्रिडसँग पारिश्रमिक र साइनिंग एमाउन्ट बाहेक अन्य विषयमा छलफल गरिरहेको बताइएको छ ।

एम्बाप्पे रियल म्याड्रिडमा ठुलो पारिश्रमिक घटाएर जान लागेको बताइएको छ । उनले अहिले पिएसजीमा बार्षिक २५ मिलियन युरो पारिश्रमिक पाइरहेकोमा अब रियल म्याड्रिडमा उनले १५ मिलियन युरो मात्र पारिश्रमिक लिने भएका छन् । यसका अलावा एम्बाप्पेलाई रियल म्याड्रिडले १०० मिलियन युरो साइनिंग एमाउन्टको रुपमा दिने भएको छ । पिएसजीबाट फ्री-ट्रान्सफरमा जान लागेकाले रियल म्याड्रिडले एम्बाप्पेलाई ठुलो रकम साइनिंग एमाउन्टको रुपमा दिन तयार भएको बताइएको छ ।

त्यस्तै एम्बाप्पेले रियल म्याड्रिडसँग इमेज अधिकारको सम्झौतामा ८० प्रतिशत भाग लिने भएका छन् । सामान्यतया खेलाडी र क्लबले ५०-५० प्रतिशत लिने प्रचलन भएपनि एम्बाप्पेलाई रियल म्याड्रिडले ८० प्रतिशत दिन तयार भएको बताइएको छ ।

रियल म्याड्रिडमा एम्बाप्पेले हाल लुका मोड्रीचले लगाइरहेको १० नम्बरको जर्सी लगाउने छन् । रियलले ३८ बर्षिय मोड्रीचलाई अर्को सिजनदेखि कोचिङ स्टाफको रुपमा अफर गरिसकेको बताइएको छ । उनले सो अफर स्वीकार नगरेमा रियल म्याड्रिड छोड्ने भएका छन् ।

चर्चित खेल पत्रकार फब्रिजियो रोमानोले एम्बाप्पेले रियल म्याड्रिडमा जाने आधिकारीक जानकारी एम्बाप्पे र पिएसजीले केहि दिन भित्र नै दिनसक्ने बताइएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै