• २०८१ बैशाख २६ बुधबार

स्पेनले जित्यो नेसन्स लिगको उपाधि

kharibot

काठमाडौँ । स्पेनले युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा स्पेनले क्रोसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेसन्स लिगको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा स्पेनका गोल किपर उनै साइमनले दुई पेनाल्टी बचाएपछि खेल ५-४ ले जितेको थियो ।

युइएफए नेसन्स लिगको यो तेस्रो संस्करण हो । यसअघि २०१९ मा पोर्चुगलले पहिलो संस्करण जितेको थियो भने २०२१ मा फ्रान्सले दोस्रो संस्करण जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै