• २०८१ बैशाख २८ शुक्रबार

कोशी सरकार र पहिचानवादीबीच वार्ता सुरू

kharibot

विराटनगर । कोशी सरकार र आन्दोलनरत पहिचानवादीबीचको वार्ता सुरु भएको छ । 

विराटनगरस्थित बिग होटलमा डेढ घन्टा ढिलो गरी बार्ता सुरु भएको हो । 

सो बार्तामा सरकारकोतर्फवाट संयोजक खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित छन भने आन्दोलनरत पक्षको तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङलगायत सहभागी रहेका छन् ।

गत फागुन १७ मा बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ राखे पछि सो नामकरणविरुद्ध आन्दोलन शुरु भएको थियो, जुन आन्दोलनमा एकजनाको मृत्युसमेत भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै