• २०८१ बैशाख १५ शनिबार

म ओटीटीका लागि सस्तो मजदुर हुँ- मनोज बाजपेयी

kharibot

काठमाडौँ । बलिवुड अभिनेता मनोज बाजपेयी केही समयअघि ओटीटी प्लेटफर्ममा रिलिज भएको फिल्म ‘सिर्फ एक बन्द काफी है’ लाई लिएर अहिले चर्चामा छन् । ओटीटीमा रिलिज भएका मनोज बाजपेयीका द फ्यामिली म्यान' र 'द फ्यामिली म्यान २' सिरिज निकै रुचाइएको थियो । ओटीटीमा यी सिरिज चलेपछि उनको चर्चा पनि निकै बढेको थियो र छ पनि ।

तर मनोजले हालै एक अन्तर्वार्ताका क्रममा ओटीटीमा आफुले अन्य ठूला स्टारले जति पैसा नपाएको खुलासा गरेका छन् । 

अन्तर्वार्तामा मनोज बाजपेयीको पीडा यस विषयमा बाहिर आएको छ । उनले द फैमिली म्यानका लागि जति पैसा पाउनुपर्ने थियो, त्यति नपाएको बताए । कुराकानीमा मनोजले उनको बैंक ब्यालेन्स र शुल्कबारे सोधिएको प्रश्नको जवाफमा आफुले ठुला स्टारले जति पैसा नपाएको गुनासो गरेका थिए । उनले ओटीटीले ठूला स्टारलाई मात्र धेरै पैसा दिने बताए । उनले भने, ‘द फ्यामिली म्यान’का लागि जति रकम पाउनुपर्ने थियो त्यो पाइन । म सस्तो मजदुर हुँ ।' 

उनले ओटीटीमा काम गर्ने हलिउड स्टारहरूलाई तिर्ने शुल्कको बारेमा पनि व्यंग्य गरेका छन् । उनले भने- 'चीनमा ठूला ब्राण्डका कारखाना छन् किनभने त्यहाँ श्रम सस्तो छ । त्यसैगरी उनीहरुका लागि हामी सस्तो श्रम हौं ।' 

'द फैमिली म्यान' को पहिलो सिजन २०१९ मा स्ट्रिम भएको थियो । यो एक जासूसी थ्रिलर शृंखला हो जसमा मनोज बाजपेयी मुख्य भूमिकामा छन् । शोका दुवै सिजन सुपरहिट भएका थिए र अब फ्यानहरू तेस्रो सिजन अर्थात् ‘द फ्यामिली म्यान ३’ को प्रतिक्षामा छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै