• २०८१ बैशाख २८ शुक्रबार

प्रेमबहादुर चलाउनेको अनशनप्रति मानव अधिकारको ध्यानाकर्षण

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले २०८० असार ४ गतेदेखि प्रारम्भ गरेका अनशनप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“तीन वर्षअघि उपप्राध्यापक चलाउनेमाथि साङ्घातिक आक्रमण भएपश्चात् सोही सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको र सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा फिर्ताको निवेदन दर्ता गरेपछि उपप्राध्यापक चलाउनेले न्यायका लागि अनशन थालेका जानकारी प्राप्त भएको छ”, समाजद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सरकारी निर्णयको शान्ति समाजले निन्दा गर्दै कानूनी शासनको उपहास गर्दै सरकारले गरेको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ। विगत केही समयदेखि प्राज्ञिक निकाय÷व्यक्तिमाथि आक्रमण गर्ने, कालोमोसो दल्नेजस्ता घटना घटिरहेकोप्रति शान्ति समाजले गम्भीर चिन्ता व्यक्त गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै