• २०८१ बैशाख १५ शनिबार

उत्तरपश्चिम चीन- रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

kharibot

यिनचुआन । उत्तरपश्चिम चीनको निङसिया हुई स्वायत्त क्षेत्रमा रहेको रेष्टुरेन्टमा बुधबार भएको विस्फोटमा परी ३१ जना मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् । 

घाइते भएका सात जनाको उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

क्षेत्रीय राजधानी यिनचुआनको जिङकिङ जिल्लाको व्यस्त सडकमा बुधबार राति ८ः४० बजे रेष्टुरेन्टबाट खाना पकाउने ग्यास चुहावटपछि विस्फोट भएको थियो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनीहरूको अवस्था स्थिर रहेको र सामान्य घाइते भएका एक जना बुधबार राति उपचारपछि अस्पतालबाट बाहिरिएका छन् ।

रेष्टुरेन्टका म्यानेजर, शेयरधनी र कर्मचारीसहित नौ जनालाई सार्वजनिक सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । नौ जनाको सम्पत्ति रोक्का गरिएको छ ।  

मृतकको सनाखतको काम भइरहेको छ । विष्फोटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै