• २०८१ बैशाख १६ आइतबार

दार्चुलामा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु

kharibot

दार्चुला । दार्चुलामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ ।

लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान सर्पले टोकेपछि परीवारले बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु भएको बताइएको छ ।

उनलाई घरको कोठाभित्र सर्पले टोकेको थियो । उनी हेमन्ती कृष्ण मावि लालीमा कक्षा १२ मा अध्यनरत थिइन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै