• २०८१ बैशाख २२ शनिबार

विश्वकप क्वालिफायरमा प्लेअफ खेल्ने टिमको समीकरण तय, कोसँग खेल्दै छ नेपाल ?

kharibot

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आज समुह चरणका खेल सकिएका छन् । 

आजको खेलले सुपर सिक्सको समीकरणमा कुनै असर नगर्ने भएपनि टिमको समुहमा स्थान निर्धारण गर्दै प्लेअफ खेल्ने टिमको समीकरण तय गरेको छ ।

जुन ३० मा प्लेअफका खेल हुनेछन् । पहिलो खेलमा आयरल्याण्ड र अमेरिका भिड्ने छन् । यस्तै जुलाई २ मा नेपाल र युएईबीच खेल हुनेछ । 

दुवै समुहबाट सुपर सिक्समा पुग्ने ३–३ देशको यसअघि नै टुंगो लागिसकेको छ । समुह बि बाट श्रीलंका, स्कटल्याण्ड र ओमान तथा समुह ए बाट जिम्बाबे, नेदरल्याण्डस र वेस्टइण्डिज सुपर सिक्समा पुगिसकेका छन् । 

त्यस्तै समुह ए मा नेपाल चौथो र अमेरिका पाँचौं स्थानमा रहेर सुपर सिक्सबाट बाहिरिएका छन् । त्यस्तै समुह बि बाट आयरल्याण्ड र युएई सुपर सिक्सबाट बाहिरिएका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै