• २०८१ बैशाख १८ मंगलबार

साफ च्याम्पियनसिपका सेमिफाइनलका खेल आज हुदै

kharibot

काठमाडौँ । जारी साफ च्याम्पियनसिपका सेमिफाइनलका दुवै खेल आज हुदै छन् ।

आज पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेश भिड्दै छन् भने दोस्रो खेलमा लेबनान र भारत खेल्दै छन् ।

कुवेतले समुह चरणमा समुह ए मा नेपाल र पाकिस्तानलाई पराजित गरेको थियो भने भारतसँग बराबरी खेलेको थियो । ३ खेलमा ७ अंक हासिल गरेको कुवेत समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै समुह बि बाट ३ खेलमा २ जित र एक हार बेहोरेको बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको थियो ।

बंगलादेशले समुह चरणमा लेबनानसँग हार बेहोर्यो भने माल्दिभ्स र भुटानलाई पराजित गरेको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा पुगेको लेबानले समुह बि का ३ खेलमा तिनै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको थियो भने भारत समुह ए का ३ खेलमा २ जित र एक बराबरी खेल्दै समुह उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

लेबनानले समुह चरणमा बंगलादेश, माल्दिभ्स र भुटानलाई पराजित गरेको थियो भने भारतले समुह चरणमा नेपाल र पाकिस्तानलाई पराजित गरेको थियो भने कुवेतसँग बराबरी खेलेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै