• २०८१ बैशाख १८ मंगलबार

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

kharibot

काठमाडौँ । भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

प्रतिष्पर्धात्मक खेलमा भारतले कुवेतलाई सडेनडेथमा पराजित गर्दै जित हासिल गरेको हो । पेनाल्टी सुटआउट ४-४ गोल भएपछि सडेनडेथमा भारतले गोल गरेको थियो भने कुवेतले गोल गर्न सकेको थिएनन् ।

निर्धारित ९० मिनेटको खेल सकिदा दुवै देश १-१ गोलको बराबरीमा रोकिएपछि खेल ३० मिनेटको अतिरिक्त मिनेट खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा दुवै देशबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो । फाइनल खेलको पहिलो हाफमा भारत र कुवेत १-१ गोलको बराबरीमा रोकिएका थिए ।

खेलको १४औं मिनेटमा कुवेतका शाबिब अल खाल्दीले शुरुवाती गोल गरेका थिए भने खेलको ३८औँ मिनेटमा भारतका लागि लाल्लियानजुआलाले गोल गर्दै खेलमा फर्काएका थिए ।

योसँगै भारतले सर्वाधिक ९ पटक साफको उपाधि जितेको छ । त्यस्तै माल्दिभ्सले २ पटक, बंगलादेश, अफगानिस्तान र श्री लंकाले एक एक पटक उपाधि जितेको छ । भारत चार पटक उपविजेता बनेको छ भने एक पटक तेस्रो भएको थियो ।

 कुवेत भने पहिलो पटक साफमा आमन्त्रित टिमको रुपमा भाग लिएको हो ।

यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिएका थिए । साफ देश श्रीलंका फिफाद्वारा सस्पेन्ड रहेकाले यस प्रतियोगितामा खेलेन । समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको थिए । त्यस्तै समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका थिए ।

नेपाल भने यस साफमा समुह चरणमै बाहिरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै