• २०८१ बैशाख १५ शनिबार

मनास्लु र आइएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

kharibot

काठमाडौँ । मनास्लु वल्र्ड कलेज र आइएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । 

मनास्लु ब्वाइज तथा आइएस गल्र्समा च्याम्पियन बने । बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा आज भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित गर्यो ।

गल्र्सको उपाधि भिडन्तमा आइएसले आयोजकको बोर्न टू हुपलाई १६–७ ले हरायो । ब्वाइज/गल्र्स दुवैमा पहिलो हुनेले २० हजार तथा दोस्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे ।

ब्वाइजमा मनास्लुका कोसिस भुजेल तथा गल्र्समा आइएसएकी सन्ध्या डङ्गोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही पाँच हजार नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव एवम् गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिल्वाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । 

तीनदिने प्रतियोगिताको ब्वाइजमा २२ टोलीले ‘लिग कम नकआउट’का आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगका आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा चार टोली सहभागी थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै