• २०८१ बैशाख २२ शनिबार

विश्वकप क्वालिफायरको च्याम्पियन बन्यो श्रीलंका 

kharibot

काठमाडौं । श्रीलंका आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको च्याम्पिएन बनेको छ । नेदरल्याण्डसलाई १२८ रनले पराजित गर्दै श्रीलंकाले विश्वकप छनोटको उपाधि चुमेको हो । 

श्रीलंकाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस २३.३ ओभरमा १०५ रनमा आलआउट भयो । नेदरल्याण्डसका लागि म्याक्स ओ डुडले सर्वाधिक ३३ रन बनाए ।

यस्तै लोगान भेन वीक अविजित २० र विक्रमजित सिंहले १३ बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन् । 

नदरल्याण्डसलाई सस्तैमा समेट्न श्रीलंकाका लागि बलर महेश थेकसनालले ४ विकेट  लिए । यस्तै दिलशान मदुशंकाले ३ तथा वानिन्दु हसरंगाले २ विकेट लिए । 

यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४७.५ ओभरमा २३३ रनमा अलआउट भएको थियो । श्रीलंकाका लागि सहन अर्चीले ५७ रन बनाए । 

यस्तै कुशल मेन्डीस ४३, हरिता असलंका ३६, वानिन्दु हसरंगा २९, पथुम निसानका २३ र सदीरा समरविक्रमाले १९ रन बनाए । 

नेदरल्याण्डसका लागि ४ जना बलरले २–२ विकेट लिए । लोगान भ्यान बेक, रायन क्लेन, विक्रमजीत सिंह र साकिब जुल्फिकारले विकेट लिएक हुन् । आयन दत्तले एक विकेट लिए । 

दुबै टिम शीर्ष दुईमा रहँदै आगामी अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाएइसकेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै