• २०८१ बैशाख २२ शनिबार

विश्वकप क्वालिफायरको 'टिम अफ द टुर्नामेन्ट' सार्वजनिक, नेपाली खेलाडी परेनन् !

kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जिम्बावेमा आइतबार सम्पन्न विश्वकप क्वालिफायरको 'टिम अफ द टुर्नामेन्ट'  सार्वजनिक गरेको छ । आइसिसीले सार्वजनिक गरेको विश्वकप क्वालिफायरको 'टिम अफ द टुर्नामेन्ट' मा कुनैपनि नेपाली खेलाडी परेका छैनन् ।

आइसिसीको 'टिम अफ द टुनामेन्ट' मा श्रीलंका, नेदरल्यान्ड्स र घरेलु टोली जिम्बावेबाट सर्वाधिक ३-३ खेलाडी रहेका छन् भने स्कटल्यान्डबाट दुई र वेस्टइन्डिजबाट एक खेलाडी परेका छन् ।

१० टोली सहभागी क्वालिफायरमा नेपाल, युएई, ओमान, आयरल्यान्ड र अमेरिकाबाट भने कुनैपनि खेलाडी परेका छैनन् ।

आइसिसीले आफ्नो उत्कृष्ट टोलीको ओपनरमा नेदरल्यान्ड्सका विक्रमजित सिंह र श्रीलंकाका पाथुम निसांकालाई राखेको छ भने तेस्रो स्थानमा स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनलाई राखेको छ । त्यस्तै जिम्बाबेका सन् विलियम्सलाई चौथो स्थानमा राखेको छ ।

नेदरल्यान्ड्सलाई विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका बास डि लिडेलाई पाँचौं नम्बरमा राखेको छ भने जिम्बावेका सिकन्दर राजालाई छैटौं नम्बरको ब्याटरमा राखेको छ । त्यस्तै नेदरल्यान्ड्सका स्कट एडवार्ड्स प्रतियोगिता उत्कृष्ट कप्तान र विकेटकिपरको रुपमा टिम अफ द टुर्नामेन्टमा राखिएको छ । 

त्यस्तै श्रीलंकालाई विश्वकपमा पुर्याउनेक्रममा २२ विकेट लिएका वानिन्दु हसरंगा र २१ विकेट लिएका महेश थिक्सेना पनि आइसिसीको टिम अफ द टुर्नामेन्टमा रहेका छन् । यस प्रतियोगितामा सर्वाधिक धेरै गतिमा बलिङ गर्ने स्कटल्याण्डका क्रिस सोल पनि यस टिममा परेका छन् भने तीव्र गतिका बलरमा जिम्बावेका बायाँ हाते रिचर्ड नागारवा पनि क्वालिफायरको टिम अफ द टुर्नामेन्टमा छन् ।

विश्वकप क्वालिफायरको टिम अफ द टुर्नामेन्ट :

स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर नेदरल्यान्ड्स), विक्रमजितसिंह (नेदरल्यान्ड्स), पाथुम निसांका (श्रीलंका), ब्रेन्डन म्याकमुलेन (स्कटल्यान्ड), बास डि लिडे (नेदरल्यान्ड्स) सेन विलियम्स (जिम्बावे), सिकन्दर राजा (जिम्बावे), वानिन्दु हसरंगा (श्रीलंका), महेश थिक्सेना (श्रीलंका), क्रिस सोल (स्कटल्यान्ड) र रिचर्ड नागराव (जिम्बावे) ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै