• २०८१ बैशाख १६ आइतबार

कान्तिपुर टिभीले पल शाहको विवादित अन्तर्वार्ता युट्युबबाट हटायो

kharibot

काठमाडौं । कान्तिपुर टेलिभिजनले कमेडियन सन्दीप क्षेत्रीले ‘ह्वाट द फ्लप’ कार्यक्रमका लागि लिएको पल शाहको अन्तरवार्ता विवादित बनेपछि युट्यूबबाट हटाएको छ ।

कान्तिपुरले जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ भन्दै सो कार्यक्रम युट्युबबाट फिर्ता गरिएको जनाएको हो ।

कान्तिपुर टेलिभिजनले भनेको छ-  

'गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ । महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि हो । त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ ।'

सन्दीपले लिएको सो अन्तर्वार्तामा पल शाहले आफ्नो जेल अनुभव सुनाएका थिए । सो अन्तरवार्तामा पलको जेल यात्रालाई गरिएको प्रस्तुति र कार्यक्रमका सञ्चालक सन्दीपको व्यबहारको सामाजिक सञ्जालमा आलोचना गरिएको थियो । बलात्कार जस्तो संबेदनशील विषयमा सन्दीप हल्का रुपमा प्रस्तुत भएको र यसलाई हासोको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै