• २०८१ बैशाख २९ शनिबार

पोग्वालाई साउदी क्लबको बम्पर अफर !

kharibot

काठमाडौँ । फ्रान्सका मिडफिल्डर पाउल पोग्वा साउदी प्रो लिग क्लबले निशाना बनाएका पछिल्ला हाइ प्रोफाइल खेलाडी बनेका छन् ।

पोग्वालाई साउदी क्लब अल इत्तिहादले तीन बर्षको सय मिलियन युरो दिने प्रस्ताव गरेको खुलासा भएको छ ।

स्काई स्पोर्ट्स इटालीका अनुसार पोग्वाले हालै आफ्नो साउदी भ्रमणको क्रममा अल इत्तिहादको प्रशिक्षण केन्द्रको भ्रमण समेत गरेको दाबि गरिएको छ ।

यदि साउदी क्लब अल इत्तिहादले पोग्वालाई भित्र्याएमा उनी आफ्ना फ्रान्स टिमका सहकर्मी करिम बेन्जमा र एन्गोलो कान्टेसँगै एकै क्लबबाट खेल्ने छन् ।

पोग्वा पछिल्लो समय भने इन्जुरी र खराब फर्मका कारण मुश्किलमा रहेका छन् ।

पछिल्लो केहि दिन उनी लन्डनमा रहेकाले उनी प्रिमियर लिगमा फर्किन सक्ने अड्कलबाजी समेत चलिरहेको छ ।

२०२२ को जुलाईमा म्यानचेस्टर युनाइटेडमा सम्झौता सकिएपछि फ्री-ट्रान्सफरमा युभेन्टस पुगेका पोग्वा गत सिजन इन्जुरीका कारण मैदान बाहिर नै रहेका थिए । उनले गत सिजनमा युभेन्टसका लागि केवल १० खेल मात्र खेलेका थिए भने कुनै गोल गर्न सकेका थिएनन् ।

यस अघि २०१२ देखि २०१६ सम्म युभेन्टसमा बिताएका पोग्वाले सो अवधिमा १७८ खेलमा ३४ गोल गरेका थिए । साथै २०१७ देखि २०२२ माक म्यानचेस्टर युनाइटेडमा खेलेका पोग्वाले कुल २२६ खेल खेल्दै ३९ गोल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै