• २०८१ बैशाख २५ मंगलबार

बैंकको कर्मचारी हुँ भन्दै अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ

kharibot

काठमाडौं । विभिन्न बैंकको कर्मचारी हुँ भन्दै अनलाईन मार्फत ठगी गरेको अभियोगमा मोरङ धनपालथान गाउँपालिका–१ घर भएका २१ वर्षीय महमद जोजाहीद मियालाई प्रहरीले पक्राउ गरेको छ । 

पिडितहरुसँग फोन सम्पर्क गरी बिभिन्न बैंकको आधिकारीक कर्मचारी हुँ भन्दै बैक खातासँग वालेट आईडी लिङकअप गरी खाता नविकरण , केवाइसी फर्म अपडेट, सेक्यूर ट्रान्सफर चार्ज नलाग्ने, राम्रो बोनस प्राप्त हुने जस्ता कार्य गरीदिने भन्दै पीडितहरुकै बैक खाता लगायत ओटिपी कोडसमेत मागी खातामा पहुँच पु¥याई अन्यत्र बैंक खाता तथा वालेटहरुमा ११ लाख १२ हजार ८ सय ४० रूपैयाँ रकम रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकुमा राखिएको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै