• २०८१ बैशाख १५ शनिबार

सिटी एक्सप्रेसको बार्षिकोत्सव: रक्तदान कार्यक्रम र ब्राण्ड एम्बासडर नियुक्त

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले हिजो असार २७ गते १६ बसन्त पार गरेर १७औ बर्षमा प्रबेश गरेको छ ।

यही  १७औ बार्षिकोत्सवको अवसरमा  सिटी  एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ  । जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने  छन् ।  कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन  र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ औं बार्षिकोत्सवकै उपलक्ष्यमा  बिहान आयोजित कार्यक्रममा  मुख्य अभिप्राय “रक्तदान गर्नुहोस् , जिवन दान पाउनुहोस्” भन्ने  मूल नाराका साथमा  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना  पनि गरेको थियो ।  सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल््लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो ।  

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै