• २०८१ बैशाख १८ मंगलबार

विम्बल्डनमा नयाँ च्याम्पियन, स्पेनका अल्कारेजले जोकोभिचलाई हराए

kharibot

काठमाडौँ । स्पेनका कार्लोस अल्कारेजले विम्बल्डनको उपाधि जितेका छन् ।

गएराती सम्पन्न फाइनलमा सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने अनुभवी टेनिस खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै अल्करेजले नयाँ इतिहास रचेका छन् ।

विश्व नम्बर एक टेनिस खेलाडी स्पेनका कार्लोस अल्कारेजले विम्बल्डन २०२३ को पुरुष सिंगलको फाइनलमा जोकोभिचलाई १-६, ७-६ (८-६), ६-१ ३-६, ६-४ ले पराजित गर्दै विम्बल्डन च्याम्पियनसिप जितेका हुन् ।

गत वर्ष कार्लोस अल्कारेज युएस ओपन ग्रान्डस्लामको उपाधि जितेर विश्व नम्बर १ बनेका थिए ।

जोकोभिचले यस वर्ष अष्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितेका थिए र राफेल नाडालको २२ ग्रान्डस्लाम जितलाई उछिन्दै सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने पुरुष टेनिस खेलाडी बनेका थिए ।

चोटका कारण अल्कारेजले यस वर्षको अस्ट्रेलियन ओपन खेल्न सकेनन्, त्यसपछि फ्रेन्च ओपनमा जोकोभिचसँग हारेका थिए ।

यो वर्ष अल्कारेजले अहिलेसम्म अन्य पुरुष टेनिस खेलाडीभन्दा धेरै खेल जितेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै