• २०८१ बैशाख २३ आइतबार

अमेरिकी सेनाका लाखौँ इमेल रुसको सहयोगी देश मालीमा कसरी पुगे ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । अमेरिकी सेनाका लाखौं इमेलहरू एक सानो गल्तीका कारण वर्षौंदेखि रुसको सहयोगी देश मालीमा पठाइएको रिपोर्ट बाहिरिएको छ ।

यी इमेलहरूमा पासवर्ड, मेडिकल रेकर्ड र वरिष्ठ अधिकारीहरूको यात्रा तालिका जस्ता संवेदनशील जानकारीहरू रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो गल्ती डोमेन नामका कारणले भएको खुलासा भएको छ ।

अमेरिकी सेनाको इमेल पठाइने डोमेन ठेगाना .mil रहेको र माली देशको डोमेन नाम .ml रहेको छ । अमेरिकी सेनालाई पठाइएका इमेलहरु .ml मा पठाइएको पाइएको छ ।

फाइनान्सियल टाइम्सका अनुसार डच इन्टरनेट उद्यमी जोहानेस जुर्बियरले करिब १० वर्षअघि यो समस्या पत्ता लगाएका थिए । जुर्बियरसँग माली देशमा डोमेन चलाउन एक सम्झौता छ । हालैका दिनहरूमा उनले त्यस्ता हजारौं इमेलहरू प्राप्त गरेका छन् ।

कुनै पनि मेललाई वर्गीकृत रूपमा वर्णन गरिएको छैन, तर इमेलहरूमा अमेरिकी सैन्य प्रतिष्ठानहरूको नक्सा, वित्तीय रेकर्ड, आधिकारिक यात्राको विवरण र केही कूटनीतिक सन्देशहरू समावेश रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

जुर्बियरले यस महिना अमेरिकी अधिकारीहरूलाई पत्र पठाएर समस्याको चेतावनी दिएका थिए । उनले माली सरकारसँगको आफ्नो सम्झौता छिट्टै टुङ्गिने दाबी गरेका छन् ।

अमेरिकी गुप्तचर विभाग पेन्टागनले यो समस्या समाधानका लागि कदम चालेको दाबी गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै