• २०८१ बैशाख २० बिहीबार

सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली, नेपालको कति स्थानमा छ ?

kharibot

काठमाडौँ । सिंगापुरको पासपोर्ट संसारकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । अर्थात् यो देशका नागरिकले बिना भिसा १९२ देशको यात्रा गर्न सक्छन् । पासपोर्ट र्याङ्किङ जारी गर्ने संस्था हेन्ले एन्ड पार्टनर्सले सन् २०२३ को लागि हेन्ली पासपोर्ट सूचकांक जारी गरेको छ ।

यस सूचीमा सिंगापुर शिर्ष स्थानमा रहेको छ । त्यस्तै जर्मनी इटाली र स्पेन दोस्रो स्थानमा रहेका छन् । यस देशका नागरिकले १९० देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन ।

योसँगै जापान विगत ५ वर्षयता सबैभन्दा शक्तिशाली राहदानीको पहिलो स्थानमा रहेको जापान यो वर्ष तेस्रो स्थानमा झरेको छ ।

तेस्रो स्थानमा जापानसँगै दक्षिण कोरिया, अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, लक्जमबर्ग र स्वीडेन पनि रहेका छन् । वरियतामा अमेरिकाको राहदानी आठौं र बेलायतको राहदानी चौथो स्थानमा छ ।

त्यस्तै नेपालको पासपोर्ट भने यस सूचीमा ९८औं स्थानमा रहेको छ । नेपालसँगै ९८औं स्थानमा प्यालेस्टाइन टेरोटरी रहेको छ । नेपाली नागरिकले विश्वका ३८ देशमा पहिला भिसा नलिएर नै जान सकिन्छ ।

नेपाल विश्वकप सबैभन्दा कमजोर पासपोर्टको सूचीमा पाँचौं स्थानमा छ ।

त्यस्तै छिमेकी मुलुक भारतको पासपोर्ट ८०औं स्थानमा रहेको छ र भारतका नागरिकले ५७ देशमा पहिला भिसा नलिएर यात्रा गर्न सक्छन । त्यस्तै पाकिस्तान यस सूचीमा सयौं स्थानमा छ भने बंगलादेश ९६औं स्थानमा, श्रीलंका ९५औं स्थानमा र भुटान ८४औं स्थानमा रहेको छ । त्यस्तै यस सूचीमा चीन ६३औं स्थानमा रहेको छ ।
यस सूचीको सबैभन्दा पुछार १०३औ स्थानमा अफगानिस्तान रहेको छ ।

पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा इन्डेक्सको वेबसाइट अनुसार रियलटाइम डाटा वर्षभरि अद्यावधिक गरिन्छ । यो सूची जारी गर्दा भिसा नीतिमा गरिएका परिवर्तनहरूलाई पनि ध्यानमा राखिएको छ । तथ्याङ्क अन्तर्राष्ट्रिय यातायात संघबाट लिने गरिन्छ ।

एक देशको राहदानी धारकले भिसा नलिइकन अन्य कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा यो श्रेणी निर्धारण गरिन्छ । यसका लागि उनले पहिले भिसा लिनु पर्दैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै