• २०८१ बैशाख २६ बुधबार

अमुक पार्टी कार्यलयमा गएर टीका लगाउँने न्यायाधीश नियुक्ति गर्दिन- धनराज गुरुङ

kharibot

काठमाडौ । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अमुक पार्टी कार्यालयमा गएर टीका लगाउँने गरेर न्यायाधीश नियूक्ति नगर्ने प्रतिवद्धता जनाएका छन् । 

सोमबार सानेपामा जारी पार्टीको केन्द्रीय समितिको छैटौं दिनको बैठकमा मन्त्री गुरुङ न्यायाधीश नियूक्तिको विषयमा भने अलि ढिलो भएको स्वीकार गरे ।  उनले  कार्यक्षमतालाई हेरेर पहिलेजस्तो न्यायाधीस नियूक्ति भएपछि अमुक पार्टी कार्यलयमा गएर टीका लगाउँने गरेर न्यायाधीस नियूक्ति नगर्ने प्रतिवद्धता पनि जनाए । 

उनले भने,‘न्यायाधीश नियूक्तिको विषयमा अलि ढिलो भएको छ । मेरो प्रतिवद्धता कार्यक्षमतालाई हेरेर पहिले जस्तो न्यायाधीश नियूक्ति भएपछि अमुक पार्टी कार्यालयमा गएर टीका लगाउँने गरेर न्यायाधीश नियुक्ति गरिन्न ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै