• २०८१ बैशाख १५ शनिबार

एएफसी कपका लागि मच्छिन्द्रद्वारा ८ नयाँ खेलाडी अनुबन्ध

kharibot

काठमाडौं । ए डिभिजन लिगको उपविजेता भएपनि एएफसी कप छनोट खेल्ने अवसर पाएको मच्छिन्द्र फुटबल क्लबले भुटानको पारो फुटबल क्लबविरुद्ध हुने खेलका लागि ८ नयाँ खेलाडी अनुवन्ध गरेको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मच्छिन्द्रले टोलीको प्रशिक्षकको जिम्मेवारी किशोर केसीलाई नै दिएको छ । मच्छिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठले अनुबन्धित खेलाडीहरु एएफसी कपको लागि मात्र हुने बताए ।

लिग विजेता चर्च ब्वाइज युनाइटेडसँग एएफसी लाइसेन्स नभएको कारण उपविजेता बनेको मछिन्द्रले एएफसी कप क्वालिफर्यस खेल्ने अवसर पाएको हो । 

आगामी साउन २३ गते हुने खेलको लागि खेल स्थल अहिले नतोकिए पनि दशरथ रंगशालामा नै खेल हुने पक्का छ । 

मच्छिन्द्र र पारोबीचको खेल कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ ।

क्लबले अनुबन्ध गरेका नयाँ खेलाडीमा चर्च व्वाइजका आशिष चौधरी, संकटाका आयुष घलान, एरिक विष्ट (संकटा), खुमलटारका रेजिन सुब्बा,  रोहित सुब्बा र मेसुके ओलमोउ, थ्रीस्टारका लखेन लिम्बू र एपीएफका सनिष श्रेष्ठ छन् । 

अन्य खेलाडीमा देवेन्द्र तामाङ, दिवाकर चौधरी, करिम, सौरभ लिम्बू, विशाल श्रेष्ठ, अभिषेक गुरुङ ,अफिज ओलावाले, आन्द्रेस निया,विजय भुजेल, विमल घर्ती मगर, छिरिङ गुरुङ ,उत्सव राई, प्रदीप भण्डारी, दीपेश घले र सुरज विक रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै