• २०८१ बैशाख २६ बुधबार

नेपाली फिल्म ‘द रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलमा छानियो

kharibot

काठमाडौँ । नेपाली फिल्म ‘द रेड सुटकेस’ विश्वकै प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा छानिएको छ । फिडेल देवकोटाको निर्देशनमा बनेको फिल्म भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा 'ओरिजोन्टी' विधामा छनोट भएको हो ।

यसअघि ‘कालो पोथी’ र ‘सेतो सूर्य’ फिल्म भेनिस फिल्म फेस्टिभलमा छानिएका थिए ।

कोरोना महामारीको समयमा छायांकन भएको ‘द रेड सुटकेस’मा विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, प्रविन खतिवडा आदिको मुख्य भूमिका रहेको छ ।

महंगा अभिनेताको रुपमा चिनिएका विपिनले यो फिल्मका लागि कुनै पारिश्रमिक लिएका थिएनन् । रामकृष्ण पोख्रेलको निर्माण रहेको फिल्मले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथालाई प्रस्तुत गरेको जनाइएको छ ।  

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा उत्सव बुढाथोकीको संगीत र साउन्ड डिजाइनमा श्रवलराज पाण्डे र सुदीप्ता सधुखान छन् । यस फिल्मको पोस्ट प्रोडक्सनको काम श्रीलंकामा गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै