• २०८१ बैशाख १७ सोमबार

विश्व रेकर्ड बनाउन सात दिनसम्म रोएका व्यक्तिले आँखाको ज्योति गुमाए !

kharibot

काठमाडौँ । संसारभरका मानिसहरूले विश्व रेकर्ड बनाउन र इतिहासमा आफ्नो नाम दर्ता गर्न अनौठो काम गर्ने गरेका छन् ।

एक नाइजेरियाली मानिसले यस्तै केही गर्न खोजेपनि उनको त्यो प्रयास महँगो परेको छ । एक नाइजेरियाली व्यक्तिले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउनको लागि लगातार सात दिनसम्म रोएका थिए । यसपछि उनको आँखाको ज्योति गएको छ । अब यी व्यक्तिले आफ्नो दुवै आँखामा थोरै मात्र देख्न सक्ने बताइएको छ । तर, सात दिनसम्म रुने कोसिस गर्नुअघि उनका आँखा राम्रै थिए ।

बीबीसीका अनुसार नाइजेरियाका टेम्बु एबेरेले आँसुको विश्व रेकर्ड तोड्ने प्रयासमा सात दिनसम्म रोए । जसका कारण उनले आंशिक रुपमा दृष्टि गुमाएका छन् । यस प्रयासपछि उनलाई टाउको दुखेको, अनुहार सुन्निएको र आँखा सुन्निएको थियो भने करिब ४५ मिनेटसम्म आंशिक रूपमा अन्धो बनेका थिए । सात दिनसम्म लगातार रुने प्रयासमा आफू कटिबद्ध भएपनि पछि पछि हट्नुपरेको पनि उनले बताएका छन् ।

यद्यपी उनले गिनिज वर्ल्ड रेकर्डका लागि आवेदन दिएको छैन, त्यसैले मेरो प्रयासलाई गनिने छैन । उनी पश्चिम अफ्रिकी राष्ट्रमा एक मात्र रेकर्ड ब्रेकर होइनन्, धेरै नाइजेरियालीहरूले अन्य धेरै रेकर्डहरू तोड्ने प्रयास गरेका छन् । मे महिनामा एउटा छुट्टै घटनामा, हिल्डा बासे नामक शेफले नाइजेरियाली खानालाई विश्वको नक्सामा राख्न लगातार १०० घण्टासम्म खाना पकाउने प्रयास गरेकी थिइन् । टेलिग्राफले रिपोर्ट गरे अनुसार, सेलिब्रेटीहरू र देशका उपराष्ट्रपतिले पनि उनको प्रशंसा गरेका थिए भने उनको प्रयासको विश्वभर प्रशंसा भयो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै