• २०८१ बैशाख २१ शुक्रबार

रोल्पामा विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु

kharibot

प्रतिनिधि तस्बीर

दाङ । रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ ।

लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ। विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ ।

गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए। बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्‍याइएको थियो। उनको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै