• २०८१ बैशाख २० बिहीबार

महिला विश्वकपमा जमैकाले पानामालाई हरायो

kharibot

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत जमैकाले पानामालाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा जमैकाले पानामालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

जमैकाको जितमा खेलको ५६औं मिनेटमा अलिसोन स्वाबीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि जमैकाले २ अंकमा ४ अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ र अर्को चरणमा पुग्ने आफ्नो सम्भावनालाई कायम राखेको छ ।

त्यस्तै पानामाले आफ्ना दुवै खेलमा हार बेहोरेर अर्को राउण्डमा पुग्ने सम्भावना समाप्त भएको छ ।

यस समुह एफमा फ्रान्स ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने ब्राजिल ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा अब फ्रान्सले पानामाको सामना गर्ने छ भने अर्को खेलमा ब्राजिल र जमैका खेल्ने छन् । यी दुवै खेल अगस्त २ मा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै