• २०८१ बैशाख १५ शनिबार

चावहिलका नापी अधिकृत पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

kharibot

काठमाडौं । काठमाडौंको नापी कार्यालय चावहिलमा कार्यरत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

२०७९ असार मसान्तसम्म १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँबराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै