• २०८१ बैशाख १५ शनिबार

एकै पटक विराट कोहली र बाबर आजम बन्न सकिदैन, समय लाग्छ- कप्तान पौडेल

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले एकै पटक कोहि पनि विराट कोहली र बाबर आजम नबन्ने बताएका छन् । 

एसीसी एमर्जीङ कपबाट फर्केपछि प्रतिक्रिया दिदै कप्तान पौडेलले एकै पटक कोहि पनि विराट कोहली र बाबर आजम नबन्ने बताउदै ब्याटिंगमा सुधार गर्न समय लाग्ने बताएका हुन् ।

विश्वकप क्वालिफायर र एमर्जीङ कपमा ब्याटिंग कमजोर भएको महसुस गरेको बताउदै कप्तान रोहित विस्तारै सुधार गर्दै जानुपर्ने बताए ।

कप्तान रोहितले भने- एक सिरिजबाट चेन्ज आउदैन, विस्तारै सिक्दै जाने हो । टेस्ट खेल्ने देश र एसोसियटस देशको क्रिकेट फरक छ । कोहि पनि एकै पटक विराट कोहली र बाबर आजम बन्दैन, यसको लागि समय लाग्छ ।'

सबैले धैर्यताले काम गर्नुपर्ने बताउदै आब आफुहरुको ध्यान एशिया कपमा भारत र पाकिस्तानसँग कसरी राम्रो क्रिकेट खेल्ने भन्नेमा केन्द्रित रहेको बताए ।

श्रीलंकामा गरेको अभ्यास खेलले आफुहरुको ब्याटिंगमा सुधारमा भएको महसुस भएको उनले बताए । शर्ट बल र ब्याटिंग स्किलमा पनि काम गरेको बताउदै ब्याटिंग सुधार हुने अपेक्षा गरेका छन् ।

नेपाली क्रिकेट टिम श्रीलंकामा एसीसी एमर्जीङ कप खेलेपछि दुई साताको प्रशिक्षणपछि विहिबार काठमाडौँ फर्किएको छ । 
 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै