• २०८१ बैशाख १६ आइतबार

सत्ता पक्ष नै लुटपाट र भ्रष्टाचारमा लाग्यो- चित्रबहादुर केसी

kharibot

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापतित्व गरिरहेका जेष्ठ सांसद चित्रबहादुर केसीले अहिलेको सत्ता पक्ष लुटपाट र भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको समितिको आन्तरिक कार्यविधि, २०८०को सम्बन्धको छलफलमा सभापति केसीले यसरी राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको टिप्पणी गरे । 

शुक्रवार समितको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा उनले भने ,अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको छ, राज्यसत्तानै लुटपाट र भ्रष्टाचारमा लागेपछि गर्नुहुन्छ के ? कुन व्यक्ति भन्दा पनि सत्ता नै लुटपाटमा लागेपछि गाह्रो छ । तर हरेस खानुहुन्न ।’

त्यस्तै नेपाली कांग्रेसका नेता दिलेन्द्र बडुले सुन प्रकरणको छानविनमा सरकारलाई सघाउँनु पर्ने बताए । सुन प्रकरण अन्तर्राष्ट्रिय जगतको यो बढी चिन्ताको विषय बनेकाले  संलग्न दोषीहरुलाई कानूनको कठघरामा ल्याउँन नसके जनताको र मूलुकप्रतिको दृटिकोण नकारात्मक हुने चिन्ता व्यक्त गरे । 

उनले भने,सुन प्रकरणमा संलग्न दोषीहरुलाई कानूनको कठघरामा ल्याउँन सकेनौ भने यो मूलुकप्रतिको दृटिकोण जनताको र अन्तर्राष्ट्रिय जगतको यो बढी चिन्ताको विषय बनेको छ । जनताले पनि हामीलाई यो कुरामा मुल्यांकन गरिरहेका छन् त्यसैले हामीले सरकालाई सघाउँनु पर्छ ।’ 

साथै उनले उक्त प्रकरणको छानविन समिति गठनको ऐजेण्डा समिति अन्तर्गत नपर्ने हुनाले नबनाउँन आग्रह गर्दै उनले भने,‘छानबीन समिति गठनको कुरा संसद अन्तर्गत रहेकाले समितिमा त्यसलाई एजेण्डाको रुपमा बनाउँन मिल्दैन् आवश्यक पनि छैन् ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै