• २०८१ बैशाख २३ आइतबार

किन आन्दोलित भए थापाथली क्याम्पसका विद्यार्थी ?

kharibot

काठमाडौं । स्ववियु थापाथली क्याम्पसले गैरजिम्मेवार सरकार विरुद्ध वृहत् भेला र सान्केतिक प्रदर्शन भन्दै फ्रि स्टुडेण्ड मुभमेन्ट  कार्यक्रम गरेको छ । 

शुक्रबार सरकारविरुद्ध वृहत् भेला र सांकेतिक प्रदर्शन फ्रि स्टुडेण्ड मुभमेन्ट कार्यक्रम गरेको हो । 

थापाथली क्याम्पसका अध्ययनरत विद्यार्थी ईश्वर प्रसाईले सरकारले जिम्मेवारी बहन नगरेको कारणले गर्दा पढाईको गुणस्तर घटाईएको र शुल्क बढाइएको आरोप लगाए । 

प्रसाईले भने ‘आज सरकारले ध्यान नदिएको कारणले गर्दा हामी सडकमा उत्रन पर्ने अवस्था आएको छ । देश विकासको लागि करोडौं क्रृण लिन सक्ने सरकारले देशको प्रविधिक क्याम्पसका १ रुपैयाँ लगानी गर्न हिचकिचाईरहेको छ । ’ 

विरोध कार्यक्रममा सहभागी विद्याथी ज्ञानदेव महतोका अनुसार सरकारले शुल्क बढाएको र त्यो उचित नभएको बताए । 

महतोले भने, ‘सरकारले जुन आई एको  फि बढाएको छ । त्यसको विरुद्धमा आन्दोलनमा आएका हौं फि बढाउन खोजिरहेको छ । शैक्षिक गुणस्तर दिन प्रति दिन घट्दै गईरहेको छ । प्राविधिक शिक्षा ल्याब कक्षा कोठा पहिले जसरी चलेको अवस्था छैन । फि बढाउँने तर गुणस्तर घटाउँने यसमा हाम्रो आपत्ति हो । ’ 

प्रदर्शनमा विद्यार्थीहरुले त्रिभूवन विश्वविद्यालय रोज्ने कि त्रिभुवन विमानस्थल,विद्यार्थी पढ्न आउनु पर्ने हो कि आन्दोलन गर्न ,भयो मन बरु विदेश जान्छु तर सक्दिन ८ लाखको क्रृण लिइ मर्न जस्ता नाराहरु लागाएका थिए । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै