• २०८१ बैशाख २१ शुक्रबार

सरकारले अनुसन्धान गरिरहेको बेला आयोग बनाएर अल्मल्याउँने काम गर्नु हुँदैन- बर्षमान पुन

kharibot

काठमाडौं । नेकपा माअ‍ेवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले अनुसन्धान गरिरहेको बेला बीचमा अर्को आयोग गठन गरेर यसलाई थप अल्मल्याउँने काम गर्न नहुने टिप्पणी गरेका छन् । 

सोमवार संसद भवनमा बसेको तीन दलका शीर्ष नेताहरुबीचको छलफल पछि पुनले सञ्चाकर्मीहरुसँग भ्रष्टाचार विरुद्धको कारवाही, तस्करी र सुशासनको काममा सरकार ईमान्दारीतापूर्वक अगाडि बढेको भन्दै यसमा प्रतिपक्षले शंका गर्नु आवश्यक नरहेको बताए । 

उनले भने,‘सरकारले अहिले अनुसन्धान गरीरहेको बेला बीचमा अर्को आयोग गठन गरेर यसलाई अल्मल्याउँने काम हुन सक्दैन् । अहिले भ्रष्टाचार विरुद्धको कारवाही तस्करी सुशासनको काममा सरकार ईमान्दारिता पूर्वक अगाडि बढेको छ । यसमा प्रतिपक्षले शंका गर्नु आवश्यक छैन् ।’ 

नेता पुनले लचिलो ढंगले सदन खोलौं भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्दा प्रमुख प्रतिपक्ष दलका तर्फबाट आयोग गठन बिना अहिले जाँन सक्दैनौं भन्ने प्रतिक्रिया आएको जानकारी पनि दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै