• २०८१ बैशाख २५ मंगलबार

एमालेले राज्यको ढुकुटीबाट तलब भत्ता खाएर संसद अवरुद्ध गर्यो- रामनारायण विडारी

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रतिपक्षी नेकपा एमालेलाई सरकारी गाडी नचढी आएर संसद अवरोध गर्न चुतौती दिएका छन् । 

सोमबार काठमाडौंमा आयोजित संसदको अवरोध, ललिता निवासदेखि सुन तस्करी प्रकरणसम्मका विषयमा विशेष साक्षात्कार कार्यक्रममा सांसद विडारीले एमालेले राज्यको ढुकुटीबाट तलव भत्ता खाएर संसद अवरुद्ध गरेको आरोप लगाए । उनले सरकारी गाडी नचढी आएर नारा लगाएर संसद अवरोध गर्न एमालेलाई चुनौती समेत दिए  । 

उनले भने, एमालेलाई संसद अवरोध गर्ने हो भने एउटा चुनौतीका साथ भन्छु  । सरकारी गाडि नचढी आउँनु, त्यो दिनको भत्ता नखानु । त्यो दिनको तलब नलिनु सरकारी गार्डहरु हटाउँनु अनि ल्याख्रयाक ल्याख्रयाक आएर नारा लगाउँनुहोस् त्यो गर्न सक्नुहुन्छ । राज्यको ढुकुटी बाट ग्वाम ग्वाम खाँदै ठूलो भुँडी  पल्टाउँदै अनि संसद अवरुद्ध गर्ने ? ’

माओवादी सांसद विडारीले संसद अवरुद्ध गर्नु भनेको जनताप्रति अपराध भएको टिप्पणी गर्दै भने ‘ संसद अवरुद्ध गर्नु हुँदैन् । किनकी जनताका प्रतिनिधिले बोल्न पाउँदैन् । र जनता पनि सुसूचित हुन पाउँदैनन् । संसारभरका सबै मानिसले संसदलाई सुन्छ ।’ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै