• २०८१ बैशाख १६ आइतबार

एमाले पार्टी कार्यालय डुबानमा

kharibot

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ ।

मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

पार्टी कार्यालय डुबानमा परेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै उपमहासचिव रिमालले डुबानमा परेको जानकारी दिएका हुन् ।

अहिले नदीमा पानीको बहाव सतह घट्दै गएको छ भने कार्यालयभित्र पसेको पानी निकालिएको छ । बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो भने हिलोमग्न भएको छ ।

सोमबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव बढेको थियो । वर्षा रोकिएसँगै नदीमा पनि पानीको बहाव घटेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै