• २०८१ बैशाख १५ शनिबार

हरेक समस्याको समाधान संसद अवरुद्ध गरेर हुदैन- विश्वप्रकाश शर्मा

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा जनताका समस्या उठाउन नपाएको बताएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा महामन्त्री शर्माले सुन तस्कर भएको विषय गम्भीर भएको बताउदै सरकारको एउटा हातले कमजोरी गर्दा अर्को हातले समाएको पनि विर्सनु नहुने बताए ।

उनले सरकारकै संस्थाहरुप्रति अविस्वास गरिएको बताउदै सिआईबिलाई अविश्वास गर्न नहुने बताए ।

सांसद शर्माले हरेक समस्याको समाधान संसद अवरुद्ध गरेर हुन्छ ? भन्ने प्रश्न गर्दै प्रतिपक्षी दलहरुलाई संसद अवरुद्ध नगर्न आग्रह गरे । उनले राज्यका निकायहरुले अनुसन्धान गरिरहेको बेला सबैले धैर्य गर्नुपर्ने बताए ।

सरकारले फाइल खोल्दै गर्दा उही समयमा विरोध हुन थालेको भन्दै सुन प्रकरणमा राज्यका निकायले गरिरहेको अनुसन्धानलाई सहयोग गर्न आग्रह गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै