• २०८१ बैशाख २७ बिहीबार

जनजातिको माग सम्बोधन गर्न कांग्रेस सकरात्मक छ-सभापति देउवा

kharibot

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले, आफ्नो पार्टी आदिवासी जनजातिको माग सम्बोधनका लागि सकरात्मक रहेको बताएका छन् । 

विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सरकारसँग आदिवासी, जनजातिहरुको माग सम्बोधन गराउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने वचन दिएका हुन् । 

नेपाली काँग्रेसलाई सबै जाति, जनजातिको पार्टी हुनेगरी समानुपातिक प्रतिनिधित्व गराउने भन्दै उनले आदिवासी जनजातिहरुको भाषा, कला र संस्कृतिलाई हेरेपछि नेपालमा के छैन? भन्ने अनुभूति आफूलाई हुने गरेको बताए । 

‘यो सबैको देश हो, नेपाली कांग्रेस सबैको पार्टी हो। पार्टी हो भन्ने हामीले स्थापित गर्नुछ। यसमा सुधार गर्नुछ।’  उनले भने । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै