काठमाडौं । सरकारले ल्याउन लागेको शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालक प्रदर्शनमा उत्रिएका छन् ।
निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन, एनब्याब्सन र हिसानले आज (बिहीबार) काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले यसअघि नै विद्यालय बन्दसम्मको घोषणा गरिसकेका छन् । नाफामूलक निजी विद्यालय स्थापनामा रोक लगाउने व्यवस्थासहितको शिक्षा विधेयक ल्याउन लागेको भन्दै विरोध शुरु भएको हो ।
हाल सञ्चालनमा रहेका निजी विद्यालयलाई ५ वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीबाट मात्र सञ्चालन गर्ने विधेयकको प्रस्ताव छ । विद्यालय सञ्चालकहरुले विधेयकको उक्त प्रावधान संशोधनको माग गरेका छन् ।