• २०८१ जेठ ३ बिहीबार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई पक्राउ

kharibot

काठमाडौँ । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना  पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । यसअघि विहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो । विहिबार पक्राउ पर्नेमा काँग्रेस सांसद सुनिलकुमार शर्मा, डा. रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै