• २०८१ बैशाख २० बिहीबार

कार्यवाहक सचिवमाथि हेटौडामा मोबिल छ्यापियो, दोषीलाई कारवाही गर्न क्यानको माग

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकलाई  हेटौँडामा मोबिल छ्यापिएको घटनाको निन्दा गरेको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक सचिवमाथि भएको दुर्व्यबहारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् ।

शनिबार संघको आठौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन कार्यक्रम सकिए लगत्तै खाना खाइरहेको समयमा पाठकमाथि स्कुटरमा आएका दुई जना व्यक्तिले मोबिल छ्यापेर भागेका थिए । 

प्रहरीले मोबिल छ्यापेर भाग्नेहरूको विरुद्ध उजुरी प्राप्त भएको र अहिले खोजी कार्य चलिरहेको बताएको छ ।

क्यानको विज्ञप्ति:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै