• २०८१ बैशाख २७ बिहीबार

मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रले हाल लिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिके राउत नेतृत्वको जनमत पार्टीलाई दिने तयारीमा गठबन्धन रहेको छ । जनमत पार्टीले अनिता देवी शाहलाई सरकारमा पठाउन यसअघि नै सिफारिस गरिसकेको छ ।
स्रोतका अनुसार आजै अनितालाई मन्त्री पदको शपथ गराउने तयारी रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै