• २०८१ बैशाख २७ बिहीबार

पद सधैँ रहदैन्, पाएको जिम्मेवारी पुरा गर्नु महत्वपूर्ण हो- अमनलाल मोदी

kharibot

काठमाडौं । निवर्तमान संघीय मामीला तथा प्रशासन मन्त्री अमनलाल मोदीले पद र प्रतिष्ठा सधैँ नहरने भन्दै पाएको जिम्मेवारी पुरा गर्नु महत्वपूर्ण कुरा भएको बताएका छन् । 

सोमबार मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा उनले पद, प्रतिष्ठा सँधैभरी नरहने भएकाले जिम्मेवारी लिएपछि अन्तीमसम्म देश र जनताको लागि काम गर्नुपर्ने बताए । 

उनले भने, ‘सबैले आफ्नो काम राम्रसँग गर्नुहोस् । यो पद प्रतिष्ठा सँधैभरी रहँदैन् । आज म बिदाई भए अर्को दिन अर्को मन्त्री । यो निरन्तर चल्छ मन दुखाउँन पनि हुँदैन । तर जिम्मेवारी लिएपछि अन्तीमसम्म देश र जनताको लागि एकदम काम गर्नुपर्छ ।’  

सामान्य परिवारबाट आएर आफूले मन्त्रीको रुपमा छोटै समय भएपनि जनताको लागि सेवा गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे । 

‘जिम्मेवारीको अवसर एउटा सामान्य परिवारको मान्छे यसरी मन्त्रीको रुपमा आँए यो अवसर दिनुभयो । त्यसमा सिक्ने मैका पाए । विभिन्न देशबाट पनि जो सहयोग गर्नुभयो यसको लागि धन्यवाद ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै