• २०८१ जेठ ४ शुक्रबार

भेरी नदीमा पानीको बहाव बढ्यो

kharibot

जाजरकोट । भेरी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापकका अनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको हो ।

अहिले भेरी नदीमा पानीको बहाव सात दशमलव ६९ मिटर पुगेपछि महाशाखाले अनुरोध गरेको छ । भेरी नदीमा सात मिटर पानी आएमा चेतावनी र आठ मिटर पुगे खतरा मानिन्छ । 

अझै पानीको बहाव बढिरहेकाले भेरी पुलदेखि तल्लो तटिय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

भेरी नदीको तल्लो तटिय क्षेत्रमा रानीघाट, पाग्म, चेपाङ, तिखाकुना लगायतका बस्ती रहेका छन् । स्थानीय प्रशासनले पालिकाको समन्वयमा ती क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भेरी करिडोरभित्र बग्ने भेरी नदीको पानीको बहाव पनि बढेको छ । सबै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको प्रजिअ सुनारले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै