• २०८१ बैशाख १६ आइतबार

लाङटाङ हाइड्रो पावरको सुरुङको काम सकियो

kharibot

रसुवा । रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावट क्षमताको लाङटाङ हाइड्रो पावर आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकिएको छ। 

आयोजनाले ३.८ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो। गोसाइकुण्ड गाउँपालिका- ५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको पावर हाउससम्म गुरुङ निर्माण गरिएको आयोजना निर्माण पक्ष आर एम ग्रुपका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए । आयोजना निर्माणको काम दुई वर्षअघि कोभिड महामारीका बेला सुरु भएको थियो। 

आयोजनाको सुरुङ विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकालिनकल उपकरण आपूर्तिको काम भइरहेको र सामान आएलगत्तै जडान कार्य सुरु हुने अर्यालले बताए । 

अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको आर एम ग्रुपले जनाएको छ। आयोजनाको सबै प्याकेजको निर्माण वाइवा इन्फ्राकेटले गरिरहेको छ। 

लक्ष्मी सनराजइज बैंकको नेतृत्वमा कुमारी र सिद्धार्थ बैंक तथा आर एम ग्रुपको लगानीमा आयोजनाको वित्तिय व्यवस्थापन गरिएको छ।

आयोजनामा दुई अर्ब ७३ करोडमा सनराइज बैंकले डेढ अर्ब, सिद्धार्थ बैंकले ५४ करोड, कुमारी बैंकले ३० करोड र बाँकी आर एम ग्रुपले लगानी गर्ने गरी वित्तिय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । 

एक वर्षभित्र आयोजनाको निर्माण सम्पन्न गरी उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य रहेको आर एम ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै