• २०८१ बैशाख १५ शनिबार

एमालेको जिम्मेवारीबाट अलग भए केशव स्थापित

kharibot

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टीका सबै जिम्मेवारी छोडेका छन् ।

स्थापित एमालेबाट २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए ।

२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए ।

त्यसपछि एमाले छाडेर प्रजा परिषद् र त्यसपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा लागेका स्थापित फेरी एमाले फर्किएर काठमाडौं- ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री समेत बनेका थिए ।

६७ बर्षिय स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिने बताएपछि सोमबार बसेको सचिवालय बैठकले बिदा दिएको हो । 

स्थापित आगामी दिनमा राजनीतिमा रहने वा नरहने भन्ने बारेमा भने स्पष्ट गरेका छैनन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै