• २०८१ बैशाख २२ शनिबार

म्यानचेस्टर सिटीले जित्यो युइएफए सुपर कपको उपाधि

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै पहिलो पटक युइएफए सुपर कपको उपाधि जितेको हो ।

निर्धारित समयमा १-१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलको २५औ मिनेटमा योउसेफ नेसयरीको गोलमा अग्रता लिएको सेभियाले खेलको ६३औ मिनेटमा गोल खाएपछि खेल बराबरी भएको थियो । सिटीका लागि कोल पाल्मरले गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा सेभियाले आफ्नो पाँचौं पेनाल्टी मिस गरेपछि सिटीले खेलका साथै उपाधि जितेको थियो ।

युइएफए सुपर कप गत सिजनमा च्याम्पियन्स लिग र युरोपा लिग विजेताबीच खेलिन्छ । यो उपाधि अहिलेसम्म सबैभन्दा बढी ५-५ पटक बार्सिलोना, रियल म्याड्रिड र एसी मिलानले जितेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै