• २०८१ बैशाख १५ शनिबार

प्रदीप गिरीको स्मृतिमा काठमाडौं-वनारस सेतु गाथा यात्रा गरिने

kharibot

काठमाडौं । नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि वनारससम्म सेतु गाथा अभियान संचालन हुने भएको छ । 

गिरीको प्रथम स्मृति दिवसको सन्र्दभ पारेर यही भदौ २ गतेदेखि  ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमांडूदेखि काशीसम्म’ अभियान संचालन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

पत्रकार सम्मेलनमा स्वर्गीय प्रदीप गिरीका अनुयायी राम पल्टन साहले भदौ २ गते काठमाडौंको पुशुपतिनाथबाट विशेष कार्यक्रमका बीच पुजा अर्चनासहित सुरु हुने यात्रा स्वर्गीय प्रदिप गिरीको अस्तुसहित सुरु हुने यात्रा त्यो दिन हेटौडा पुग्ने जानकारी दिए । उनले तीन गने बेलुका बनारस पुग्ने र चार गते विधि पुर्वक गंगामा अस्तु विर्सजन गर्ने कार्यक्रम रहेको बताए ।  

उनले नेपाल र भारतको विभिन्न आन्दोलन र जन जनमा रहेको सम्बन्धको सेतु जस्तै एक अर्काको सम्बन्ध प्रगाढ बनाउन स्वर्गीय गिरीले खेलेको भूमिकालाई समेत स्मरण गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

स्व. गिरीका शिष्य मन्दी भारतीले प्रदीप समाजवादी चिन्तक, लोकतान्त्रिक चेतनाले भरिपूर्ण व्यक्ति रहेको भन्दै उनको सम्झनामा यो अभियान चलाउन लागिएको बताए । 

यस्तै प्रदिपको भाई शेखर गिरिले प्रदीप सिमान्तकृत दलित, महिला र जनजातीको हकहितको लागि सधैँ आवाज उठाउँने व्यक्ति भएको भन्दै आफ्नो पुरातन संस्कृतिहरुलाई बचाउँने पक्षमा पनि लाग्ने गरेको स्मरण गरे  । 

उनले प्रदिप गिरी विचारको कुरामा हिमनदी जस्तै सधैँ बगिरहने विचार बोकेर हिन्ने व्यक्तित्व रहेको बताए ।  

यस्तै साहित्यकार धिरेन्द्र प्रमर्सीले पनि प्रदिपको प्रशंसा गर्दै उनले देखाएको विचार र उनको विचार लिएर अगाडि बढ्नु पर्ने आवश्यकता औँल्याए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै